Logo

कञ्चनपुरमा जेसिबीको ठक्करबाट तीनको मृत्यु



Spread the love

३१ जेठ, कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा ३३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले मे१ह ७६३ नंको अटोरिक्सालाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको र मृतकको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

साथै अटोमा सवार पाँच घाइतेहरुको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ भने जेसिबी चालक भने फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्