Logo

हत्याको आरोपमा १ जना पक्राउ



Spread the love

३१ जेठ, स्याङ्गजा । प्रहरीले हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशी रहेका छन् । उनले जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको हत्या गरेको थियो भने उनको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालसहितको टोलीले अधिकारीलाई मृतावस्थामा भेटेपछि घटनाका बारेमा थप अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्