Logo

तुलसीपुरमा जीप दुर्घटना हुँदा १२ जना घाइते



Spread the love

३१ जेठ, तुलसीपुर l तुलसीपुरमा जीप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएको छ l

घाइते हुनेमा शान्तिनगर गाउँपालिका १ का निवासी छवि डाँगी, पुर्णकली राना, अनिता राना, खुमा वल, सञ्जय नेपाली, मन्तरी सोमैर, भिमा घर्ती, टिका दर्लामी, डम्बर पुन, देबिका वली र आयुशा दर्लामी रहेका छन् l

तुलसीपुरबाट खिलतपुर तर्फ जाँदै गरेको लु १ ज ११९१ नम्बर यात्रुवाहक जीप तीव्र गतिका कारण दुर्घटना भएको र उक्त दुर्घटनामा परेका घाइते सबैलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको चिराघाट प्रहरी चौकीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्