Logo

सहायक वन अधिकृत घुससहित पक्राउ



Spread the love
सांकेतिक तस्बिर

३२ जेठ, दाङ – दाङमा सहायक वन अधिकृत रु २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो ।

साहलाई लमहीको एक जुस पसलबाट पक्राउ गरिएको छ । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्