Logo

कनकासुन्दरीमा पर्यटक भीड



Spread the love

३२ जेठ, काठमाडाैँ – दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्दा दङ्ग छन्, कनकासुन्दरी गाउँपालिकाका विकास खत्री । पर्यटकको भीड देखेर उनि जति हर्षित छन् त्यति नै पर्यटकमैत्री संरचना नहुँदा खिन्न पनि देखिन्छन् ।

उनि भन्छन्,“सांस्कृतिक पर्यटनको केन्द्र मानिनेस्थलमा सहज आवतजावत गर्न सक्ने बाटो नहुुँदा समस्या भइरहेको छ, यो समस्या टार्न सबै क्षेत्रबाट पहलको खाँचो रहेको छ ।” गाउँपालिकाकाले पर्यटक आगमनको अवस्थालाई मध्यनजर गर्दै योजना तर्जुमा गर्ने गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए ।

पर्यटकले पाउनुपर्ने सुविधाका विषयमा गहन छलफल भइरहेको र गाउँपालिकाभित्र पर्यटनमैत्री बाटो र सहज आवतजावत गर्न सक्नेगरी पर्यटकीयस्थल जोडिन आवश्यक रहेको उनको ठहर छ । यसका लागि पुरातत्व विभाग र पर्यटन बोर्डसँग छलफल अघि बढेको उनले बताए । उनले गाउँपालिकामा पर्यटक भित्र्याउन आफूहरु केन्द्रित रहेको जानकारी दिए ।

वर्तमान अवस्थामा नाग्म गमगडी हुँदै रारा जाने हरेक पर्यटकको बास गोठिज्युला बजारमै हुन्छ । “पहिलो चरणमा पर्यटकमैत्री होटल र पर्यटकमैत्री व्यवहारमा जोड दिँदै आएका छौँ”, अध्यक्ष रावतले भने,“विस्तारै पर्यटकमैत्री संरचना निर्माणमासमेत जोड दिँदै जानेछौँ ।” यहाँको सांस्कृतिक आर्थिक, सामाजिक र प्राकृतिक पर्यटनका बारेमा ऊजागार गर्न गाउँपालिका सधैँ तत्पर रहने उनले बताए ।

कनकासुन्दरी गाउँपालिकाको बोतामालिकामा पर्यटकलाई लक्षित गर्दै होमस्टे बनाउने काम शुरु भएको छ । जसले पर्यटक आकर्षण गर्नसक्ने अपेक्षा गाउँपालिकाले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्