Logo

आजका पत्रपत्रिकाका सम्पादकीय : चुनावमा मोर्चा,दोस्रो चरणलाई पाठ



Spread the love

दोस्रो चरणलाई पाठ

पहिलो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको मतगणना भईरहेको छ ।
केही ठाउँमा मतगणना सकिएको छ । विवाद या अन्य कारणले स्थगित भएका ठाउँमा बुधबार पनि मतदान गराईएको छ । मतगणनको प्रारम्भिक अवस्थालाई हेर्दा बदर मतको संख्या उलेख्य छ, मतगणना पनि सुस्त छ ।

राजधानी उपत्यकाकै हालसम्मको मतगणनामा १० प्रतिशत बढि मत बदर भएको देखिन्छ ।
स्थानीय सरकारका लागि जनप्रतिनिधि छान्न उत्साहका साथ मतदान केन्द्रमा पुगेका यति धेरै मतदाताको मत खेर जानु गम्भिर विषय हो । यस्तै, मतपरणामको ब्यग्र प्रतीक्षामा आम नागरिक रहेका बेला सुस्त पाराम मत गनेर निर्वाचन आयोगले कर्मचारी देखाएको छ ।

यहि कारण लगभग ७३ प्रतिशत मतदाताको सहभागितामा पहिलो चरणको निर्वाचन सम्पन्न गराउर प्रशंसा बटुलको अयोाग आलोचित पनि बनिरहेको छ ।
अहिले जारी मतगणनाको परिणामप्रति चासो राख्ने नागरिकलाई अल्मल्याईरहेको छ ।

करिव २ लाख रहेको काठमाडौं महानगरमा पहिलो २४ भण्टामा करिव एक हजार मत मात्र गनिएको थियो ।

निर्वाचन आयोगन एउटा मत गन्न सक्ने आकंलन गरी मतगणना छिटो सक्ने गरी बेलैम प्रवन्धी मिलाउनुपथ्र्यो । अव पनि गणकहरु गपेर अहिलेको गणनालाई तीव्रता दिनुपर्छ नत्र दोसा्रो चरणमा गणना अहिलेको जस्तो ढिलो नहोस भनेर पनि आयोगले बेलैमा प्रबन्ध मिलाउनु आवश्यक छ, यो विषयमा आजको कान्तिपुर दैनिकमा सम्पादकीय छ ।

रेसमामार्गको दौड

चिनियाँ राष्ट्रपति सी जिनपिङलप तीन बर्षअघि पुरानो रेसममार्गलाई पनरदो गराउन अघि सारेको बेल्ट रोड ईनिसिएटिभ विआरआई ले नेपालका लागि अवसरको नयाँ ढोका खोलेको छ ।
तेस्रो एसियाली युग चर्चासंगै यो क्षेत्र फरि विश्व केन्द्रमा पुग्ने निश्चित छ ।

तीन दशकदेखि लगातार चमातकारिक रुपमा आिर्थक बृद्धि कायम राखेको चिनले यसको नेतृत्व गर्न चाहेको छ ।
यस परियोजनाले एसियाली युरोप र अफ्रिकालाई ६५ देशको ४ अर्ब ४० करोड जनंख्या र विश्वको कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत हिस्सा जोड्नेछ ।

विआर आईमा प्रवेश परिवर्तित विश्व ब्यवस्थासंगै डिड्ने नेपालको प्रबृत्ति पनि हो ।
अहिलेको विश्वमा कुनै पनि मुलुक अलग्गिएर बस्न सक्दैन ।

चीनंगको यो सहकार्य भारतको प्रतिस्थापनका रुपमा लिने होइन यो दुवै देशसंग नेपालको हितअनुकुल सम्बन्धलाई विस्ता गर्ने प्रक्रिया सूरु भएको मात्र हो ।
यसलाई एउटाा स्वर्णिम अवसरको रुपमा उपयोग गर्न नसक्दा यही विषय हाम्रा लागि पछौटेपनको कारक बन्नेछ ।

त्यतिमात्र होईन बुद्धिमतापुर्वक कााम गरिएन भने मुलुक श्रृणमा  डुब्ने अवस्था पनि आउन सक्छ, यो विषयमा आजको नागरिक दैनिकमा सम्पादकीय छ ।

सेवाग्राहीलाई नसताउ

पहिलो चरणको निर्वाचन भएको क्षेत्रका सरकारी कार्यालयहरुमा स्थानीय निर्वाचन भएको एकसाता अघिदेखि भएको ढिलासुस्ती अझै कायम छ ।
सेवाग्राहीहरु सरकारी कार्यालयमा जाँदा कर्मचारी भेटिदैन ।

अझैपनि सरकारी कार्यालयमा मतगणना भइरहेको र कर्मचारी चुनावमा खटिएको भन्दै सेवाग्राहीलाई फर्काईने गरिएको छ ।
निर्वाचन सम्पन्न भएको आज चार दिन भईसक्यो । पुरा मत परिणाम आउन अझै कम्तिमा एक साता लाग्ने देखिन्छ ।

सरकारी काम कैले जाला घाम भनेझै निर्वाचनको निहुँ गरेर सेवाग्राहीहको काममा ढिलासुस्ती भइरहेको बारे सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

यसरी मुलुकमाा भएको कुनै घट्नाको कारण दैनिक गतिविध लामो समयसम्म प्रभावित हुने परिपाटी राम्रो होइृन । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् । सेवाग्राहीले सताउने कार्य बन्द गरियोस्, यो विषयमा आजको नेपाल समाचारपत्रमा सम्पादकीय छ ।

दुरसञ्चार सेवामा बढ्दो पहुँच

नेपालमा दुरसञ्चार सेवा आरम्भ भएको एक शताब्दी पुरा भएको छ । वि.सस. १९७४ मा म्याग्नेटो सिस्टमबाट आरम्भ भएको हाम्रो दुरसञ्चार यात्रा अहिले लङ टर्म ईभोलुसन एलटीई सम्म आइपुगेको छ ।
नेपालको दुरसञ्चार पहुँचलाई अन्य विकासशील मुलुकहरुको दाँजो कम आकलन गर्न मिल्दैन ।

नेपाल दुसञ्चार प्राधिकरणकाो पछिल्लो तथ्यांकअनुसार नेपालमा दुरसञ्चार सेवाका कुल उपभोक्ता संखया ३ करोड ४२ लाख ५ हजार पुगेको छ ।
अहिले करिव सवा २ करोेड को हाराहारिमा वास्तविक दुरसञ्चार प्रयोगकर्ता भएको आंकलनबाट देखिन्छ ।

यद्यपि जनसंख्याको अनुपातमा टेलि डेनिसिटी बढ्दै जानुले हाम्रो दुरसञ्चार सेवाको बढ्दो पहुँचलाई ईगित गर्छ ।

दुरसञ्चार सुरु भएको एक शताव्दाीपछि पनि गुणस्तरै पश्न बारम्बार उब्जिरहनु सेवाप्रदायकहरु र नियामक निकायको विफल्ता नै हो । कल ड्रप दर बढाएर आम्दानी बढाउनु भन्दा सेवाको गुणस्तर बढाउँदै विश्वब्यापी दुरसंञ्चार सेवा यहाँ उपलब्ध गराउने विषयमा अव ध्यान दिनैपर्छ, यो विषयमा आजको कारोबार डेलीमा सम्पादकीय छ ।

चुनावमा मोर्चा

स्थानीय तह निर्वाचनको दोस्रो चरणमा के हिजोको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा या आजको राष्ट्रिय जनता पार्टीले भाग लिने वाताबरण बन्ला त ?

यही अड्कालबाजी भईरहेको बेला भारतीय राजदुत मन्जीसिंह पुरीले तयसको नेतृत्वगणलाई आन्दोलनको साटो निर्वाचनमा भाग लिई राजनीतिक सहयोग तथा छलफलमार्फत समस्या समाधान गर्न आग्रह गर्नुभएको समाचार आएको छ ।

तल्लो तहम समर्थन भएका राजनतिक शिक्तिहरु या दलहरुले स्थानीय निर्वाचन बहिष्कार गर्दैन, किनकी जनता या मतदाताले सबभन्दा बढि स्थानीय तहकै नेताहरुलाई चिनेका हुन्छन् र उपयुक्त ढंगले ही पात्र चुन्ने गर्छन ।
जनताबाट भागेर राजनीतिक, प्रजातान्त्रिक र राष्ट्रियाका शक्तिका रुपमा आफुलाई स्थापि गर्न सकिन्न ।

वास्तवमा यो बर्तमान परिचालित राजनीतिका हरेक पात्रहरुका लागि राम्रो पाठ हुन सक्छ, यो विषयमा आजको अन्नपुर्ण पोष्टमा सम्पादकीय छ ।

प्रतिक्रिया दिनुहोस्