Logo

नेकपा सचेतक चौधरीको प्रश्न : गुठियारको मात्रै भावना हुन्छ, हामी गरिबको हुँदैन ?



Spread the love

१ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले सरकारले गरिब जनताका पक्षमा काम गर्नुपर्ने बताएकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमासचेतक चौधरीले प्रश्न गरिन्, “हातमा ठेला उठाएर, काँध खुइल्याएर कूत बुझाउने मोही–किसानको नाममा बोल्ने कि नबोल्ने ? मन्दिरका नाममा बोलिन्छ, मूर्तिको नाममा बोलिन्छ, गुठियारहरूको नाममा बोलिन्छ, गरिब–किसानको नाममा बोल्ने कि नबोल्ने ?” उनले भनिन्,

‘धर्म हाम्रो आस्था हो, संस्कृति हो, पहिचान हो । मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ? गरिबका आँसु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन?’ गुठी विधेयकविरुद्ध प्रतिपक्षीको आन्दोलन आश्चर्यजनक भएको टिप्पणी गदै काँग्रेस सरकारमा हुँदा गुठी सम्बन्धी ऐन संशोधन गरेको र २०५८ सालमा विधेयक नै ल्याएको उनले बताइन् ।

तर, प्रतिनिधिसभा भङ्ग भएकाले पास हुन नपाएको चौधरीको भनाइ थियो । दाङको स्वर्गद्वारी गुठीको १२ सय बिगाहा जमिन १६ सय परिवारले जोतभोग गर्दै आएको र कूत बुझाउने मोहीको अवस्था अहिले पनि नाजुक रहेको चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्