Logo

गुल्मीमा दोस्रो “मालिका लोक तारा” सम्पन्न



Spread the love

१ असार, गुल्मी – गुल्मीको मालिका गाउँपालिकाको आयोजना तथा तुल्सी स्मृति क्लब दर्लिङ्गको सह-आयोजनामा दोस्रो “मालिका लोक तारा” सप्पन्न भएको छ । दोस्रो मालिका लोक तारामा प्रेम भण्डारी प्रथम, विष्णु विक द्वितीय तथा माया घर्ती मगर तृतीय भएका छन् । प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५००० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

तुल्सी स्मृति क्लबका अध्यक्ष दीपेन्द्र घर्तीले सबै प्रतियोगि क्षमतावान् भएको र निकट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्कनेमा आफू आशावादी रहेको बताए । साथै गाउँपालिकाले कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

त्यसैगरी मुख्य जर्ज गणेश अधिकारीले सबै प्रतिस्पर्धी उत्कृष्टताले भरिएका बताउँदै र गाउँपालिकाको यस्तो कार्यक्रमले लोक कलाको संरक्षण र दक्ष कलाकार को उत्पादन हुने कुरा उल्लेख गरेका थिए । मालिका लोक तारा ३ चरणमा सम्पन्न भएको हो । पहिलो चरणमा १७ जना र दोस्रो चरणमा १३ जना र अन्तिम चरणमा ९ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

लोक कलाको संरक्षण गर्ने तथा गाउँपालिका भित्रका कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ मालिका गाउँपालिकाले गत वर्षदेखि मालिका “लोक तारा” को आयोजना गर्दै आएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्