Logo

कपिलवस्तुमा भेटियो एक युवकको शव



Spread the love

१ असार, कपिलवस्तु l कपिलवस्तु जिल्लाको एक होटेलमा एक युवकको शव फेला परेको छ l मृत्यु हुनेमा सिजन्स होटेलको कोठा नम्बर १०७ मा बुटवल कालिकानगरका २९ वर्षीया सन्तोष क्षेत्री रहेका छन् l

आजै बिहान जिल्लाको वाणगंगा नगरपालिका–४ जीतपुरस्थित एक होटेलमा उक्त शव फेला परेको हो l गत ३१ गते देखि सोही होटेलमा क्षेत्रीसहित उनका एक जना साथी बाणगंगा नगरपालिका-३ झुंगा बस्ने ३६ वर्षीय धुर्वराज पाण्डे बस्दै आएका थिए l

क्षेत्रीको शव कोठा सरसफाई गर्ने क्रममा अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले बताएको छ l सन्तोषको मृत्यु पश्चात् साथी धुर्वराजलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्