Logo

पानी ट्यांकीमा डुबेर एक महिलाको मृत्यु



Spread the love

२ असार, गुल्मी । गुल्मीमा पानी ट्यांकीमा डुबेर १ जना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दरबार गाउँपालिका–७, ठूलीचौरका मीना थापा रहेकी छिन् । उनको घरमै रहेको प्लाष्टिकको ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

थापाको शवलाई पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भईरहेको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्