Logo

एक महिनाको बसाईपछि स्वदेश फर्किए पूर्व राजा



Spread the love

२ असार, काठमाडौँ l विदेश गएका पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । गत जेठको पहिलो हप्ता पत्नी कोलमराज्यलक्ष्मी शाहसँग थाइल्याण्ड गएका थिए ।

फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको उच्च शिक्षाको निरन्तरताकाको कार्यक्रममा अभिभावकीय उपस्थिति उपस्थितिका लागि गएका थिए । पुरै एक महिनाको बसाईपछि पूर्व राज दम्पती आज स्वदेश फर्केका हुन् l

पूर्व राजा र उनको पत्नीलाई स्वागत गर्न समर्थकहरू त्रिभूवन विमानस्थल पुगेका थिए । उनीहरूले ‘राजा आउँ, देश बचाउ’ सहितका नारा लगाएका छन् । थाइल्याण्डमा बस्दा पूर्व राजा ज्ञानेन्द्रले सरकारले ल्याएको गुठी विधेयक बारे गम्भीर चासो प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्