Logo

प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध बरामद



Spread the love

४ असार, बाँके । नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिका–२२, पुरैनीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । भने ५ जनालाई नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेमा राजेन्द्र विश्वकर्मा, शर्मिला मगर, वीरबहादुर नेपाल, पृथ्वीबहादुर विश्वकर्मा र अम्मरबहादुर दराई
रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले पुरैनीस्थित बाबाकुटीमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुको साथबाट १८ किलो पाँच सय ग्राम अफिमसहित नियन्त्रणमा लिईएको प्रदेश ५, लागुऔषध अनुसन्धान ब्युरो नेपालगन्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्