Logo

गोकर्णेश्वरमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न



Spread the love

४ असार, काठमाडौँ ।
भूकम्प गएको चार वर्षको अवधिमा गोकर्णेश्वर नगरपालिकामा हाल ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ ।

सो क्षेत्रफलमा बनेको घर, बहुस्वामित्वका घर, जग्गाधनी लालपुर्जा नभएका घर, गुठीको जग्गामा बनेको घर र क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेको घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले पनि निजी आवास पुनःनिर्माणले गति लिन नसकेको नगरपालिकाका इञ्जिनीयर कुसुम देवले बताए ।

नगरपालिकामा पुनःनिर्माणको जम्मा लाभग्राही दुई हजार ९३२ रहेकामा एक हजारले मात्रै निजी आवास पुनःनिर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ । प्रबलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रबलीकरणमा जान सजिलो छैन ।

पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रबलीकरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारणले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको इञ्जिनीयर देवले भने ।

उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या दुई हजार ५४५ र दोस्रो किस्ता लिने एक हजार ५७८ लाभग्राही रहेको छ ।

त्यस्तै तेस्रो किस्ता लिने लाभग्राही एक हजार २४६ रहेको छ । कतिपय लाभग्राहीले आफूखुशी घर निर्माण गरेकाले नगरपालिकाको मापदण्ड विपरीत परेको कार्यालयले जनाएको छ । ( रासस )

प्रतिक्रिया दिनुहोस्