Logo

बर्दियामा एक जनाको हत्या



Spread the love

५ असार, बर्दिया । बर्दियाको राजापुर नगरपालिका ३ नंगापुरमा एकजनाको हत्या भएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय जयराम थारु रहेको छ । गए राति सुतिरहेको अवस्थामा थारुको मृत्यु भएको र उनको निधारमा धारिलो हतियार प्रहार गरि हत्या भएको हुन सक्ने  प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताएको छ ।

यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्