Logo

चिकित्सकद्वारा तलब भत्ता नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी



Spread the love

५ असार, धादिङ । जिल्ला अस्पताल धादिङमा कार्यरत चिकित्सकहरुले तलब भत्ता नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पनि मासिकरुपमा पाउनुपर्ने तलबभत्ता नपाएको भन्दै करारमा कार्यरत ११ चिकित्सकले जिल्ला अस्पताल धादिङका प्रमुखलाई सामूहिक निवेदन बुझाएका छन् ।

यदि आगामी ७ गते शनिवारसम्ममा गएको साउन महिनादेखिको तलब भत्ता एकमुष्ट रुपमा नपाए ८ गतेदेखि आकस्मिक बाहेक अन्य सेवा संचालनमा सहभागी नहुने बताएका छन् ।

उनीहरुले पटक-पटक तलब भत्ता निकासा गरिदिन भनेर अस्पताल प्रशासन, संचालक समिति, प्रदेश मन्त्रालयलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि उक्त आन्दोलन गर्ने चेतावनी दिन बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्