Logo

नारायणी नदीमा १ युवती बेपत्ता



Spread the love

५ असार, भरतपुर ।
नारायणी नदीको पुलबाट हाम फालेर १ युवती बेपत्ता भएकी छिन् ।

पुलमा हिँडिरहेकी भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाई रहेको प्रहरीले जनाएको छ ।

उनको पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा पहिचान खुलेको र उनको खोजी कार्य भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्