Logo

रुपन्देहीमा जिपको ठक्करबाट एकको मृत्यु



Spread the love

६ असार, रुपन्देही । सैनामैना नगरपालिकाको वडा नं ३ स्थित भार्सेली चोकमा जिपको ठक्कर बाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सैनामैना नगरपालिका–५ का चन्द्रबहादुर थारू रहेको छ । पश्चिमबाट पूर्व जाँदै गरेको लु१च ६९३६ नंको जिपले सोही दिशातर्फ जाँदै गरेका साइकलमा सवार थारूलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले जानकारी दिईएको छ ।

उक्त जिप र जिप चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्