Logo

दाङमा पहिलो पटक सिकलसेल ऐनिमियाको जाँच सेवा शुरु



Spread the love

६ असार, दाङ ।
दाङमा पहिलो पटक सिकलसेल एनिमियाको जाँच सेवा शुरु भएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रदेश नं ५ सरकार र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा इलेक्ट्रोफोरेसिस मेसिन खरीद गरि सिकलसेल एनिमियाको जाँच सेवा शुरु भएको हो ।

यसअघि भने यहाँका बिरामीहरु जाँच गर्न नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने अवस्था रहेको थियो भने तर अहिले सिकलसेल एनिमिया जाँचको अत्यधुनिक मेसिन आएकाले यहाँ पूर्ण रुपमा जाँच हुने र सिकलसेल लागेको बिरामी भए औषधिका लागि सिफारिस गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्