Logo

भरतपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु , चार हजार वेरोजगारको निवेदन



Spread the love

६ असार, चितवन ।आज भरतपुर महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त कार्यक्रमको उद्घाटन गरेसँगै कार्यक्रम सुरु भएको घोषणा गरेकी छिन् ।

महानगरपालिकामा परेका ४ हजार बेरोजगार निवेदन मध्ये वडाको अबस्था, बेरोजगारको चाहना बमोजिम पहिलो चरणमा तीन सय ८४ जनालाई रोजगारी दिने भन्दै सुरूवात वडा नं २१ र २२ बाट आजैदेखि सुरु भएको घोषणा  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्