Logo

बजार अनुगमन गरिने



Spread the love

७ असार, सिन्धुपाल्चोक – बजारमा बिक्री हुँदै आएको खाद्य वस्तुको अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्न बजार अनुगमन गरिने भएको छ ।

प्रदेशस्तरीय संयुक्त बजार अनुगमन तथा नियमन २०७५ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पहिलो चरणअन्तर्गत वेत्रावती, कालिकास्थान, जिवजिवे, धुन्चे, स्याफ्रुबेँसी, चिलिमे र टिमुरेको बजारमा अनुगमन गरिने आयोजक संस्था घरेलु तथा साना उद्योग विकास समितिका सदस्य सचिव एवम वरिष्ठ उद्योग अधिकृत खगेन्द्र नेपालले जानकारी दिए ।

खाद्यान्न, खाद्य पदार्थ, औषधि, औषधिजन्य वस्तु, पेट्रोल, इन्धन, पेय तथा सूर्तिजन्य वस्तुलगायतको अनुगमन गरिनेछ । अनुगमनमा पत्रकार महासङ्घ, घरेलु, स्वास्थ्य तथा पशुसम्बन्धी विज्ञ, खाद्य तथा गुणनियन्त्रण विभाग, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, कोष तथा लेखा नियन्त्रण विभागका प्रतिनिधिको सहभागिता रहने जिल्ला बजार अनुगमन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्