Logo

बर्दियामा बस दुर्घटनाः १२ जना घाइते



Spread the love

 


८ असार, बर्दिया । बर्दियाको बारबार्दियामा बस दुर्घटनामा परि १२ जना  घाइते भएको छ ।

काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको ना ६ ख १३३९ नम्बरको बस अनियन्त्रित भई बारबर्दिया–७, रम्मापुरमा दुर्घटना भएको हो । दुर्घटनामा घाइतेहुनेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना पश्चात बस चालक फरार भएको र उनको खोजतलास भइरहेको प्रहरीले जनाइएको छ ।

उक्त घटनाको थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्