Logo

स्थानीयवासीद्वारा पहरा खोपेर फलामे भर्याङ्गको निर्माण



Spread the love

१० असार, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ गुम्बा गाउँमा स्थानीयवासीको सहभागितामा विकट पहरा खोपेर ३०० मिटर लामो फलामे भर्याङ्ग निर्माण गरिएको छ ।
तत्कालीन गुम्बा गाविसको तेम्वाथानवासीले आवतजावत गर्ने लाक्याम डाँडाको अनकण्टार पहरामा प्वाल खोपेर एक मिटर चौडाइले रेलिङसहितको फलामे भर्याङ्ग निर्माण गरिएको हो ।  यसअघि स्थानीयवासीले पहराको बीचबीचमा फलामे काँटी ठोकेर फल्याक राखी जोखिमपूर्ण यात्रा गर्ने गरेका थिए ।

त्यसबाट दुर्घटना भएमा करीब एक किलोमिटर तलको बलेफी नदीमा खसेर ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । स्थानीयवासीबाहेक अरू गाउँका बासिन्दा उक्त जोखिमपूर्ण बाटो हिँड्न नसक्ने हुँदा भर्याङ्ग निर्माणपछि घुमाउरो बाटो हिँडेर तेम्वाथान पुग्ने तीन घण्टाको समय बचत भएको छ ।

जुगल हिमशृङ्खलाको फेदीमा पर्ने तामाङ बाहुल्यता रहेको सो वडाको तेम्वाथानभन्दा माथि मानव बस्ती छैन । पर्यटन मार्गलाई सधाउ पु¥याउने उद्देश्यले छेनयाङ र ने–पेमासाल भन्ने दुई स्थानमा शौचालयसहितको दुई÷दुईकोठे विश्राम गृहसमेत निर्माण गरिएको छ ।

तीनवटै कामका लागि प्रदेश ३ ले रु ५० लाख अनुदान उपलब्ध गराएको गाउँपालिका महासङ्घका अध्यक्षसमेत रहेका श्रष्ठले बताए । उक्त फलामे भर्याङ्ग उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले गरेको थियो । ( रासस )

प्रतिक्रिया दिनुहोस्