Logo

दुबै मिर्गौलाले धोका दिए, जिवनमरणको दोसाँधमा गुल्मीका भिम बहादुर, अस्पतालबाटै सहयोगको अपील



Spread the love

११ असार, गुल्मी – परिवारको आर्थिक अवस्था कम्जोर हुदाँ गुल्मीको एक परिवार यती बेला बिचल्लीमा परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर ८ बस्ने ३९ वर्षीय भिम बहादुर नेपालीका दुवै मिर्गौला फेल भएपछि यती बेला उनी जिवन मरणको दोसाँधमा  जुध्दै गर्दा उनको परिवार बिचल्लीमा परेको हो ।

ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आएका भिम बहादुर विगत ४ महिना देखी बुटवलको गौतम बुद्ध सामुदायिक अस्पतालमा मिर्गौलाको डाईलेसिस गराईरहेका छन् । घरमुली मान्छे नै बिरमी पर्दा उनको घरमा अहिले चुलो बाल्न समेत धौं धौं पर्न थालेको । अहिलेसम्म चार लाख रूपैँया खर्च भैसकेको र बाँकी खर्च जुटाउन नसक्ने अवस्था रहेको उनकी श्रीमती मिना नेपाली सल्लेरी खबरलाई बताईन् । मिर्गौला फेर्न २० लाख रकम आवश्यक पर्ने हुदाँ देश-विदेशमा रहेका सम्पुर्ण उदार हृदय भएका नेपाली दाजुभाई तथा दिदिबहिनीमा नेपाली परिवारले सहयोग को अपिल समेत गरेको छ ।

नेपालीका एक छोरा र दुई छोरी रहेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्