Logo

जानी राखौं काजु खानुका अचुक फाइदा



Spread the love

काजु एक प्रकारको मसला हो l जसलाई ड्राइफुडको राजा पनि भनिन्छ । काजुको स्वाद जति नै स्वादिलो हुन्छ, त्यतिकै लाभदायक पनि हुन्छ । काजुमा मैग्निसियम, कपर, आयरन, पोटासियम लगायतका तत्त्व भरपुर मात्रामा पाइन्छ । जसले गर्दा हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

  हेर्नुहोस् काजु खानुका फाइदाहरू :

  • काजुमा यथेष्ट मात्रामा आइरन तत्व पाइने हुँदा यसले हाम्रो शरीरमा रगतको कमी पूरा गर्छ ।
  • यसमा एक प्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । जसले गर्दा दिमाग तेजिलो बनाउँदछ ।
  • काजु सेवन गर्नाले हड्डी तथा दाँतलाई मजबुत राख्नुका साथै मांशपेशीलाइै स्वस्थ बनाउन मद्दत गर्दछ ।
  • यसमा भरपुर मात्रामा एन्टी व्यक्टेरियल तत्व हुन्छ । जसले हाम्रो छालालाई सुन्दर बनाई राख्ने काम गर्दछ l
  • केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईँको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँदछ ।
  • काजुमा शरीरलाई चाहिने पोषक तत्त्व पाइन्छ जसको सेवनले दुब्ला तथा पातला व्यक्तिहरूको तौल बढाउनमा मद्दत गर्दछ ।
  • काजुको नियमित सेवन गर्नाले कपाल झर्ने जस्ता समस्या कम गरी दुवीको सेतो दाग कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्