Logo

अर्घाखाँचीमा जिप दुर्घटना, एकको मृत्यु



Spread the love

सुरज घिमिरे



१२ असार, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – १० पोखेडाँडामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको अर्घा नौलापानीबाट सन्धिखर्क आउदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जिप पोखेडाडाँमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा सन्धिखर्क- ९ नौलापानी निवासी बोम बहादुर चुँदालीको ज्यान गएको छ । ३ जना सवार रहेको डबल क्यापमा अन्य २ जना घाइते भएका छन् । ओरालो बाटो भएका कारण गाडी चिप्लीएर दुर्घटना भएको चालकको भनाई छ ।

जिप चालक झविन्द्र खत्री र अनिल जिसी घाईते भएका छन् । जसमध्ये जिप चालक झविन्द्रको अवस्था गम्भिर छ ।

घाईते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको छ । जिप बाटोबाट करिब २ सय मिटर तल झरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्