Logo

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



Spread the love

१२ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा सवारी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भरतपुर–१८ का राजन भट्ट सोही ठाउकै रामचन्द्र गौडेल रहेका छन् । भेटघाटचोकमा ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घनामामा परि गम्भीर घाइते उनीहरूको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्