Logo

झुक्किएर पनि नगर्नुहोस् यी अंगमा परफ्युमको प्रयोग



Spread the love

आजभोलीका मानिसहरू आफूलाई वास्नादार बनाउनका लागी परफ्युमको प्रयोग गर्ने गर्दछन् l तर परफ्युमको प्रयोग गर्दा ध्यान दिनु पनि जरुरी छ l परफ्युम केमिकलयुक्त भएको हुनाले शरीरको संवेदशील अंगमा यसको प्रयोग गर्नु हुँदैन l

यी अंगमा गर्नु हुँदैन परफ्युमको प्रयोग :

हातमा लगाएर रगड्न हुँदैन
धेरै जसो मानिसले परफ्युमको प्रयोग गर्दा दुई हातमा लगाएर रगडेर गर्दछन् । तर यसो गर्नाले बास्नामा कमी आउनका साथै लामो समयसम्म पनि टिक्दैन ।

कपडा र गहना
यदि महिलाहरू कपडा र गहनामा परफ्युम लगाउँदछ भने त्यस्तो बानीलाई त्यागी हाल्नुपर्दछ l कपडा वा गहनामा परफ्युमको प्रयोग गर्नाले उक्त जिन्सीमा खराबी देखा पर्दछ ।

काखीमुनि
परफ्युमको प्रयोग काखीमुनि गर्नु उचित हुँदैन l यस्तो अंगमा परफ्युमको प्रयोग गर्नाले चिलाउने र पोल्ने समस्या उत्पन्न हुन् जान्छ ।

कानको पछाडि
कानको पछाडि परफ्युमको प्रयोग गर्दा यसमा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युमको नगरेकै राम्रो हुन्छ ।

कपालमा
कतिपय मानिसहरूले कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो गर्नु कपालको लागि खतरनाक साबित हुन सक्दछ । परफ्युममा अल्कोहल मिसिएको हुन्छ जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गदछ ।

प्रतिक्रिया दिनुहोस्