Logo

दोलखामा खोलाको फट्केबाट चिप्लिएर वृद्धको मृत्यु



Spread the love

१३ असार, दोलखा । दोलखामा खोला तर्ने क्रममा चिप्लिएर एक वृद्धको ज्यान गएको छ ।

बिगु गाउँपालिका–६, आलम्पुका ७२ वर्षीय सार्की थामीको गाईबस्तु गोठमा जानेक्रममा खोलामा बनाएको काठको फट्केबाट चिप्लिएर खोलामा खसेर मृत्यु भएको हो ।

मृत थामीको शव खोलाले बगाएर करिब तीन सय मिटर तल फेला परेको दोलखा प्रहरीले जनाएको छ। भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्