Logo

भरतपुरका संस्थापक मेयर चुकेको निधन



Spread the love

 

१३ जेठ, चितवन – तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको आज निधन भएको छ । उनको नारायणगढस्थित आफ्नै निवासमा बिहान ११ः५५ बजे निधन भएको हो । विसं २०६२ मा ‘मर्निङ वाक’को समयमा मोटरसाइकलले ठक्कर दिएपछि उनि अस्वस्थ बनेका थिए । त्यसयता उनको अधिकांश समय घरमा नै बित्ने गरेको थियो ।

चुके विसं २०३५ मा तत्कालीन भरतपुर नगरपञ्चायतको मेयर बनेका थिए । बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनापछि पनि उनि भरतपुर नगरपालिकाको मेयर बनेका थिए । प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसदसमेत भएका थिए । समाजसेवामासमेत उनको उत्तिकै सक्रियता रहेको थियो ।

उनको जन्म विसं १९९२ कात्तिक १ गते गुल्मी जिल्लाको बामेटक्सारमा भएको थियो । स्व चुकेको अन्तिम संस्कार देवघाटमा शनिबार बिहान गरिने भतिजा दिनेशकुमार चुकेले जानकारी दिए । दाहसंस्कार अघि अन्तिम श्रद्धाञ्जलि दिनका लागि उनको पार्थिव शरीर काङ्ग्रेस चितवनको पार्टी कार्यालयमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्