Logo

रसुवामा प्याराग्लाइडिङ परीक्षण



Spread the love

१४ असार, रसुवा – आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले जिल्लाको उत्तरी क्षेत्रमा प्याराग्लाइडिङ उडान परीक्षण गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–५ खोक्राङदेखि ठूलो स्याफ्रुसम्म करीब १० किलोमिटर दूरीमा दुई वटा प्याराग्लाइडिङ उडान परीक्षण गरिएको लाङटाङ राष्ट्रिय निकुञ्ज सूर्यकुण्ड मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष पेमादोर्जे तामाङले जानकारी दिए । समुद्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइबाट प्याराग्लाइडिङ उडाइएको थियो ।

हुस्सु लागेको समयमा बाहेक प्याराग्लाइडिङ उडान सहजरुपमा गर्न सकिने चालकले बताएका छन् । शङ्करापुर प्याराग्लाइडिङ कम्पनीले जिल्लामा पहिलोपटक उडान परीक्षण गरेको हो । गोसाइँकुण्ड–५ ठूलोस्याफ्रुका २२ वर्षीय छोवाङ तामाङ र २४ वर्षीय लाक्पा छोवाङ तामाङले करीब १२ मिनेट प्याराग्लाइडिङ उडाएको सञ्चालन एवं व्यवस्थापन समितिका सचिव सेराफसाङ्वो तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्