Logo

जानी राखौं दही चिउरा खानुका फाइदा



Spread the love

 

नेपालीहरूले मनाउने विभिन्न चाडहरू मध्ये दही चिउरा खाने पनि एक हो l जसलाई हामीले असार १५ गतेको दिन अर्थात् आज मनाउने गर्दछौँ l दही चिउरा खानाले स्वादलाई मात्र मिठो नभएर शरीरलाई पनि फाइदा पुर्‍याउने गर्दछ l

   हेर्नुहोस् दही चिउरा खानुका फाइदा :

  • खानामा दही मिसाएर खादा यसले शरीरलाई रिल्याक्स गर्नका साथै दिमागको त्यो भागको क्रियाकलापलाई पनि कम गर्छ l जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।
  • दहीमा पाइने क्याल्सियमले शरीरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । जसले मोटोपनालाई पनि घटाउन मदत गर्दछ l
  • दहीमा ल्याक्टिक एसिड पाइन्छ । जसलाई मेहेन्दीमा मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई पनि नरम र चम्किलो राख्दछ l
  • मानिसहरूले दिनहुँ दहीको सेवन गर्नाले भिटामिन ई, फस्फरोस जस्ता मिनरल्स पाइन्छ l जसले गर्दा छालालाई जवान राख्न मदत गर्दछ ।
  • दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउनका साथै हड्डीसम्बन्धी रोग लाग्नबाट पनि जोगाउँदछ ।
  • दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।
  • मानिसहरूले नियमित दहीको सेवन गरेमा कोलेस्ट्रोल नियन्त्रणमा राखी मुटुलाई पनि स्वस्थ राख्दछ l

प्रतिक्रिया दिनुहोस्