Logo

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने १ जना पक्राउ



Spread the love

१६ असार, काठमाडौँ ।काठमाडौँमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने १ जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा धादिङ धुनिवेसी नगरपालिका-५ का सुभाष श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट काठमाण्डौ महानगरपालिका-१३ सोल्टीमोडमा खटिएको प्रहरी टोलीले बा.४ ख ९९८ नम्बरको ट्रक चेकजाँच गर्नेक्रममा ट्रक चालक सुभाषले नगद १ सय रूपैयाँ दिई आर्थिक प्रलोभनमा पर्न खोजेका थिए ।

उनलाई नगद सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्