Logo

तुलसीपुरमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु



Spread the love

१७ असार, तुलसीपुर l तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् l मृत्यु हुनेमा चालक तुलसीपुर ५ बगरपुर निवासी २० वर्षीय दीपक नेपाली रहेका छन् l

गएराति १ बजेतिर तुलसीपुर ८ टिकरी नजिकै पातुखोलामा ना ५ त ९०७९ नम्बरको ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएका छन् l

उक्त दुर्घटना हुँदा गम्भीर अवस्था रहेको चालक नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा बिहान साढे दुई बजे निधन भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

यस्तै सोही दुर्घटनामा घाइते हुनेमा सहचालक १६ वर्षीय अनिल नेपाली रहेका छन् l अनिलको अवस्था भने सामान्य नै रहेको प्रहरी शाहीले बताए l

प्रतिक्रिया दिनुहोस्