Logo

काभ्रेमा वडा कार्यालय निर्माण गर्न जग्गा दान



Spread the love

१७ असार, काभ्रे l काभ्रेको रोसी गाउँपालिका–१० को वडा कार्यालय निर्माणका लागि सोहिका स्थानीय भक्तप्रसाद मैनालीले चार आना जग्गा दान गरे ।

गत बिहीबार स्थानीय मैनालीले वडा नं १० को वडा कार्यालय बनाउन जिल्ला मालपोत कार्यालय काभ्रेमा वडा अध्यक्ष दुधराज तामाङमार्फत वडालाई जग्गा दान गरेका हुन् ।

वडाको भवन निर्माण गर्ने जग्गा नभएकाले स्थानीय पञ्चकन्या माध्यमिक विद्यालयको मावि शिक्षकमा कार्यरत मैनालीले चार आना जग्गा दान दिएको जनाए । हालै उक्त जमिनको मूल्य ३ लाख पर्दछ l

वडा कार्यालय निर्माण गर्ने जग्गा नहुँदा भूकम्पले भत्किएको जोखिमपूर्ण स्थानबाट सेवाप्रवाह गर्दै आएको बताउँदै जग्गा प्राप्तिसँगै वडा कार्यालय बनाउन सुरु गर्ने वडाध्यक्ष तामाङले बताए l

प्रतिक्रिया दिनुहोस्