Logo

कपिलवस्तुमा २ दुईवटा बस एकापसमा ठोक्किँदा ४० जना घाइते



Spread the love

१८ असार, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा २ दुईवटा बस एकापसमा ठोक्किँदा बसमा सवार ४० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं. को बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

बस एकापसमा ठोक्किँदा दुवै बसमा सवार ५४ जना मध्ये ४० जना घाइते भएको र घाइते २० जनाको स्थानीय अस्पतालमा सामान्य उपचार भइरहेको छ भने २० जनाको बुटवलस्थित चौराह अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्