Logo

जनसत्ता ब्युँताउँदै माओवादी केन्द्र



Spread the love

२५ जेठ, काठमाडौं-  स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखत)लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । कानुनले तत्कालीन जनसत्ताको लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन् ।
आजको नागरिक दैनिकमा खबर छ– हाललाई रुकुमको बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भएपनि यसालई जिल्लाव्यापी रुपमै महत्वका साथ अघि बढाइने माओवादी केन्द्रले जनाएको छ ।prachand-in-parliament
बाँफीकोट र सानीभेरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकबाटै जनसत्ताका लिखत ब्युँताउने निर्णय गरेका हुन् ।
‘पहिलो चरणको काम अन्तर्गत लगत संकलन थालनी गरेका छौं,’ बाँफीकोट गाउँपालीकाका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘सबैको लगत संकलन भएपछि बाँकी प्रक्रिया अघि बढाउँछौं ।’
उनका अनुसार गाउँपालिकाका हरेक वडा तहका प्रतिनिधिलाई यथाशक्य चाँडो लगत संकलनका लागि निर्देशन दिइएको छ । प्राप्त लगतका आधारमा कस्तालाई मान्यता दिने र कस्तालाई नदिने भन्ने निर्णय हुने केसीले बताए।

प्रतिक्रिया दिनुहोस्