Logo

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय उद्घाटन



Spread the love

१९ असार, काठमाडाैँ – प्रत्येक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने नेपाल सरकारको नीति अन्तर्गत बुधबार राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय उद्घाटन गरिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा बुधबार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कार्यालयको उद्घाटन गर्दै सप्तरीमा रामराजाप्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणमा कुनै शङ्का नगर्न सबैसँग आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले प्रतिष्ठान सञ्चालनपछि उपचारका लागि भारत धाउने बाध्यता अन्त्य भई भारतीय नै राजविराज आउने अवस्था सिर्जना हुने बताए ।

प्रदेश नं– २ नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाले प्रतिष्ठानको स्थापनाले प्रदेश नं– २ कै शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रको कायापलट हुने विश्वास व्यक्त गरे । नेकपा सप्तरीका नेता रामगमन साहले वर्तमान सरकारबाट अविलम्ब प्रतिष्ठानको शिलान्यास भई निर्धारित समयमा प्रतिष्ठानको निर्माणकार्य सम्पन्न हुने र वर्तमान सरकारले नै प्रतिष्ठानको उद्घाटन गर्ने जिकिर गरे ।

पूर्वाधार विकास अध्ययन समितिका संयोजक प्रा डा सुवोध अधिकारी र प्राविधिक समितिका संयोजक सुनिल खडकाले प्रतिष्ठानको परियोजनाबारे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्