Logo

घातक रोगका लागि सानिमा लाइफ इन्स्योरेन्सद्वारा बीमा योजना



Spread the love

१९ असार, काठमाडाैँ – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पुर्याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । ‘सानिमा घातक रोग रक्षावरण स्वास्थ्य बीमा योजना’ नाम दिइएको सो योजनामा क्यान्सर, मिर्गाैला, अङ्ग दान÷‘बोनम्यारो’ प्रत्यारोपण, ‘ओपन हार्ट सर्जरी’, हृदयाघात, मस्तिष्कघातलगायत रोगको उपचारलाई समेटिएको यहाँ बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लिमिटेडका महाप्रबन्धक शिवराम तिमल्सिनाले बीमा योजनाले १८ देखि ५५ उमेर समूहलाई समेट्ने र रु ५० हजारदेखि रु ५० लाखसम्मको बीमा जिकिर गर्न सकिने जानकारी दिए । पैसा र उपचारको अभावमा जनताको अकालमा मृत्यु नहोस् भन्नाका लागि कम्पनीले सो योजना ल्याइएको जानकारी दिँदै यसले जनताको जीवनस्तरमा सुधार ल्याउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्