Logo

भोलीको बन्द हामीले गरेको हैनौं : विप्लब



Spread the love

२१ असार, काठमाडौं-  भोली असार २२ गते हुने भनिएको बन्दमा आफ्नो कुनै संलगनता नरहेको नित्रविक्रम चन्द ‘विप्लब’ निकट नेपाल कम्युनिष्ट पार्टिले स्पष्ट पारेको छ । आफ्नो पार्टिको नाम जोडेर केही मिडियाहरुले गलत सुचना सम्प्रेषण गरेकोप्रती आफुहरुको गम्भिर ध्यानाकर्षण भएको नेकपाका केन्द्रिय कार्यालय सचिव ध्रुबले बताएका छन । उनले भने, ” २२ गते पार्टिले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन,तर बन्दमा बिना तथ्य आफ्नो पार्टिको नाम जोडीएको पाइयो, यो गलत हो । ” तर, देशमा व्याप्त समस्याहरुप्रती आफ्नो पार्टीले निगरानी भने गरिरहेको  उनले बताए । साथै, आफ्नो पार्टि र कार्यकर्ता विरुद्ध सरकारले चलाएको धरपकड र गिरफ्तारीप्रती गम्भिर रहेको बताए ।

 

नेपाल कम्युनिस्ट पार्टी माओवादीले २२ गते बन्द आव्हान गरेको छ । माओवादीले केपी ओली सरकारको ज्यादती र दमनविरुद्ध नेपाल बन्द आव्हान गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाल बन्दको घोषणा, नेपाल कम्युनिस्ट पार्टी माओवादीको पश्चिम केन्द्रीय कमाण्डले गरेको हो ।

पश्चिम केन्द्रीय कमाण्डका इन्चार्ज प्रतापको नामबाट जारी विज्ञप्तिमा नेपाल बन्दको दिन कसैले उल्ङ्घन गरी प्रहरीको सहायताले स्कर्टिङमा गाडी चलाउनेलाई तथा अन्य गतिबिधि गर्नेलाई साँझ भौतिक कारवाही गर्ने समेत चेतावनी दिएको छ । बन्द आव्हान गर्ने यो समूह त्यती सक्रिय समूह भने होइन ।  यसले गर्दा भोलिको बन्द प्रभावकारी नहुने देखिएको छ ।

 

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्