Logo

पीएसजीको अभ्यासमा नेयमार अनुपस्थित, नेयमारमाथि कारबाही हुन सक्ने



Spread the love

२४ असार, काठमाडाैँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार पीएसजीको अभ्यासमा अनुपस्थित भएका छन् । सोही कारण देखाउँदै क्लबले उनीमाथि कारबाही गर्ने जनाएको  छ ।

पीएसजीले सोमबारबाट सुरु गरेको अभ्यासको पहिलो दिन नेयमार मैदान अनुपस्थित रहेका थिए । क्लबको अभ्यासमा विना सूचना अनुपस्थित भएपछि नेयमारसँग क्लब रुष्ट बनेको हो ।

‘पीएसजीको तोकेको नेयमार उक्त समय र स्थानमा उपस्थित भएनन् । यो कार्यबाट क्लब निकै पछुताएको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता, पछिल्लो समय नेयमार पूर्व क्लब बार्सिलोना फर्कने हल्ला चलिरहेको छ । नेयमार सन् २०१७ मा किर्तीमानी मूल्य २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।

गत सिजन उनले ३७ लिग खेलमा ३४ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्