Logo

अफ्रिका कप अफ नेसन्स: आइभरी कोष्ट क्वाटरफाइनलमा



Spread the love

२४ असार, काठमाडाैँ – आइभरी कोष्ट इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको अन्तिम १६ को खेलमा मालीमाथि १-० गोल अन्तरको पराजित गर्दै आइभरी कोष्टले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आइभरी कोष्टको जितमा विलफिड जाहाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा जाहाले निर्णायक गोल गर्दै कोष्टाको जीत सुनिश्चित गरे ।

अब आइभरी कोष्टले अन्तिम आठमा अल्जेरियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्