Logo

ललित स्मृति कप यू–१८ च्याम्पियनसिप: एकै खेलमा ४ रेड कार्ड



Spread the love

काठमाडौं – राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको एकै खेलमा ४ रातो कार्ड देखाइएको छ ।

सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार भएको विभागीय डर्बी अन्तर्गत त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपीएफबीचको खेलमा रातो कार्डको बर्षा भएको हो ।

आर्मी र एपीएफबीचको खेलको दोस्रो हाफको एकै मिनेटमा रातो कार्डको बर्षा भएको हो । योसंगै प्रतियोगिताको २० औं खेलमा ४ रातो कार्ड देखाइएको छ ।

खेलको ६२ औं मिनेटमा एपीएफ र आर्मीका खेलाडीबीच झगडा भएपछि रेफ्रि प्रकाश नाथ श्रेष्ठले दुवै टिमका चार खेलाडीलाई रातो कार्ड दिएका हुन् । जसको कारण दुवै टिम अन्तिम ३० मिनेट ९ खेलाडीमा सिमित भएर खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्