Logo

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट: उपाधिका लागि आज नेपाल र हङकङ प्रतिस्पर्धा गर्दै



Spread the love

 

२४ असार, काठमाडौं – मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा आज मंगलबार नेपाल र हङकङ प्रतिस्पर्धा गर्दैछन् । सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको थियो ।

उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुनेछन् । एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्