Logo

बागेश्वरी मन्दिरको पर्खाल भत्काइयो



Spread the love

२४ असार, बाँके – नेपालगञ्जमा रहेको ऐतिहासिक प्रसिद्धशक्तिपीठ बागेश्वरी मन्दिरको पर्खाल भत्काइएको छ । धम्बोझीदेखि त्रिवेणी सडक चौडा पार्ने र नाली निर्माण गर्ने क्रममा मन्दिरको पर्खाल भत्काइएको हो ।

मन्दिरको पर्खालसँगै सडक मापदण्डभित्र परेका घर तथा पसलका सटर पनि भत्काइएका छन् । ‘‘सडक तथा नाली निर्माणका क्रममा मन्दिरको पर्खाल भत्काइएको हो’’, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धबलशम्शेर राणाले भने ।

उनका अनुसार मन्दिरको भत्काइएको पर्खाल सडकका लागि आवश्यक क्षेत्रफल छाडेर पुनःनिर्माण गरिनेछ । ‘‘मन्दिरको पर्खाल छिट्टै निर्माण हुन्छ,’’ डा राणाले भने । नेपालगञ्जमा वर्षात् शुरु भइसकेपछि पनि भित्री सडक तथा नाली निर्माणको काम भने भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्