Logo

साताअघि नै भारतको ‘दबाबमूलक’ पत्रः तैपनि प्रधानमन्त्रीले किन भने–खोइ कसलाई आयो पत्र ?



Spread the love

 

२४ असार, काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ ।

नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कुनै पत्र नआएको दाबी गरेका थिए ।

जबकि काठमाडौँस्थित भारतीय दूतावासबाट परराष्ट्रलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चार माध्यमहरुमा सार्वजनिक भएको छ ।

पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने प्रश्न उठेको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्