Logo

नगर प्रमुखले आफ्नै घर परिसरमा डोजर चलाए



Spread the love

२४ असार, इटहरी – इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफैँ उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन् ।

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए । उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्