Logo

ललित स्मृति कप यू–१८ च्याम्पियनसिपः जावलाखेलको सान्त्वना जित



Spread the love

२५ असार, काठमाडौं – राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा जावलाखेल युथ क्लबले सान्त्वना जित निकालेको छ ।

मंगलबार भएको खेलमा सरस्वती युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै जावलाखेलले सान्त्वना जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा जावलाखेललाई जित दिलाउन कप्तान सचु गुरुङले ह्याट्रिक गोल गरे ।

जितसँगै समूह ‘सी’को जावलाखेलले ४ खेलबाट ३ अंक जोड्यो । सरस्वतीले ४ खेलमा अंक जोड्ने सकेनन् ।

यस समूहबाट सरस्वती र जावलाखेल बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्