Logo

वर्षाले न्युजिल्याण्ड र भारतको खेल रोकियो, आज पनि खेल हुन नसके भारतलाई फाइदा पुग्ने



Spread the love

२५ असार, काठमाडाैँ – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको छ । म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि मंगलबार भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको हो ।

अब स्थगित खेल रिजर्भ डेको दिन भोलि (बुधबार) यहि स्थितिबाट पुन: खेलाईनेछ । आईसीसीको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसके रिजर्भ डे मा खेलाइनेछ। खेल पुरै ५०-५० ओभरकै हुनेछ।

बुधबार पनि खेल हुन नसकेमा भारत फाइनल पुग्नेछ। लिग चरणमा न्युजिल्याण्ड भन्दा माथि रहदै धेरै अंक जोडेको कारण भारतलाई फाइदा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्