Logo

वीरगञ्जमा अज्ञात समूहद्वारा विद्यालय तोडफोड



Spread the love

२५ असार, वीरगञ्ज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा अज्ञात समूहले विद्यालयमा तोडफोड गरेको छ ।

अज्ञात समूहको तोडफोडबाट नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा झण्डै डेढ लाख मूल्य बराबरको डेस्क बेञ्च क्षति भएको र विद्यालयमा पठन–पाठन प्रभावित भएको यस विद्यालयका प्रधानाध्यापक विजय पोखरेलले जानकारी दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखाको टोलीले घटनास्थलको अवलोकन गरि विद्यालयका लागि १५ थान डेक्स बेञ्च प्रदान गरिने भएको छ । भने उक्त घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्