Logo

नेपाली सीमामा भारतीय दमन, आवतजावत ठप्प



Spread the love

 

३१ जेठ, काठमाडौं- भारतीय अर्धसैनिक बल एस एस बी ले आज विहानैदेखि नवलपरासीको दक्षिणी सीमाको आवतजावत अवरुद्ध गरेको छ । सीमा सिल गरिएको भन्दै एस एस बी का जवानले आवतजावत गर्न चाहने जो सुकैलाई पनि फिर्ता पठाईदिने गरेकाले सीमामा दुबैतर्फ तनाव उत्पन्न भएको छ ।
नवलपरासीको सीमामा रहेको सितलापुर एसएसबी कैम्पका जवानले हिजो एक निर्दोस नेपालीलाई निर्घात कुटपिट गरेपछि उत्पन्न तनावका कारण एसएसबी ले सीमाको आवतजावत अवरुद्ध बनाएको हो । हिजो सांझ करीब ८ बजे भारततिर जान लागेका साबिक गाविस बसहिया ६ का ४० वर्षे बिरामी प्रदुमन यादवलाई सितलापुर एसएसबी का जवानले कुटपिट गर्दै क्याम्प लगेको र बचाउन पुगेका उनका भाई सञ्जु यादवलाई पनि एस एस बी ले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
स्थानीय नेपालीले भारतीय एस एस बी क्याम्प सितलापुर घेराउ गरेका छन् । तनाव साम्य पार्नका लागि दुबैतर्फका सुरक्षा अधिकारीहरु घटनास्थल पुग्ने क्रम जारी छ । नेपालतर्फका ईलाका प्रहरी कार्यालय बेलाटारी प्रहरी निरीक्षक केशव थापा, सशस्त्र प्रहरी सीमा सुरक्षा बल गूठी परसौनीका प्रहरी निरीक्षक पदम पुन प्रहरी चौकी बसहियाका असइ रामकाजी गुरुंग तथा भारतीय अर्धसैनिक बल एस एसबी हेड क्वाटर नौतनवाका सहायक कमाण्डेण्ट लगायत को टीम घटनास्थल पुगी सकेको छ ।
तनाव नियन्त्रणमा लिने प्रयास भैरहेको छ । दोषी एस एस बी का जवानलाई तत्काल कार्वाही हुनुपर्ने, कमाण्डेण्टले माफी माग्नुपर्नै, नेपालीसँग भैरहेको पटक पटकको घटनामा एस एसबी नै ज्यादती गर्ने गरेको कुरा अगाडि सारी दुईतर्फी छलफल चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्